डेढ करोड रुपैयाँ बराबरको कर छलीका सामग्री नियन्त्रणमा
पर्सा– कर छली गरिएका हार्डवेयर तथा लत्ताकपडाहरु बरामद गरिएको छ । बिलबिजक भन्दा बढी लोड गरिएको सामग्रीसहित प्रहरीले ट्रक र पिकअप नियन्त्रणमा लिइएको छ ।
माल बाहक ट्रक र पिकअप वीरगञ्जबाट काठमाण्डौ तथा बुटवलतर्फ जाँदै गरेको छ भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले सवारी साधनको तासी लिएको थियो ।
वीरगञ्जबाट काठमाण्डौ तथा बुटवलतर्फ जाँदै गरेको सवारी पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५ गण्डक स्थित सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३–०१–०२२ च ३५५५ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेका अवस्थामा फेला परेको कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
विल बिजक शंकास्पद देखिएको हुँदा अनुमानित मूल्य एक करोड त्रिचालीस लाख चौसठ्ठी हजार वाईस रुपैयाँ बराबरको ट्रक, पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । आवश्यक कारवाहीको लागिे राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया