समाज

आठ वर्षदेखि ज्यान मुद्दामा फरार रहेका शेरचन पक्राउ

इकागज |
साउन ३, २०८० बुधबार १५:१४ बजे

काठमाडौँ- आठ वर्षदेखि ज्यान मुद्दामा फरार रहेका सम्राट शेरचनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । अनुसन्धान कार्यालयका अनुसार प्रहरीले गोकर्णेश्‍वर ८ को अत्तरखेलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो । शेरचन मुस्ताङ थसाङ गाउँपालिका २ का हुन् ।

सर्वोच्च अदालतले २०७२ भदौ १ गते १४ वर्षको शेरचनलाई कैदको फैसला गरेको थियो । फैसला भएपछि आठ वर्षदेखि उनी फरार थिए ।


राधा पुनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शेरचन रहेका थिए । कर्तव्य ज्यान मुद्दामा प्रतिवादी एक वर्ष चार महिना कैद सजाय तोकिएको थियो । जिल्ला अदालत मुस्ताङले २०६७ माघ २७ गते फैसला गरेको थियो ।

 


Author

थप समाचार
x