समाज

मिटरब्याज पीडित पक्राउ

इकागज |
साउन ४, २०८० बिहीबार १७:५६ बजे

काठमाडौँ- सरकारले ल्याएको मिटरब्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै संसद् भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार संसद् भवन अगाडि नाराबाजीसहित प्रदर्शन गर्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिटर ब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानुनले मिटरब्याज पीडितहरूको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ ।


समितिले सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पत्ति छानबिन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरूलाई अपराधीहरूको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउँदै आएको छ ।


Author

थप समाचार
x