समाज

ठगी गरेको आराेपमा दुईजना पक्राउ

इकागज |
साउन ८, २०८० सोमबार १४:२० बजे

काठमाडौँ- प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाखभन्दा बढी रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् । 

उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ कोटेश्वरबाट पक्राउ गरेको हो ।


उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ । 


Author

थप समाचार
x