समाज

पहिराेले अर्घाखाँचीकाे गोरूसिङगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध

इकागज |
साउन ९, २०८० मंगलबार ११:३३ बजे

बुटवल । अविरल वर्षाका कारण पहिरो जाँदा गोरूसिङगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम जाने प्रमुख सडकखण्डको भुवनपाटा, देउराली ,नरपानी,दहखोला जगत ,फुदबाङ डम्पिङ साईड वरपर विभिन्न ठाउँमा पहिरो खस्दा गएरातिबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्व भएपछि गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन् । 

अहिले पहिरो हटाउन प्रयास भइरहेता पनि निरन्तर परेको वर्षाले पहिरो थपिँदा सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x