समाज

एक क्विन्टल सुन तस्करी प्रकरण

लाजिम्पाटस्थित चिनियाँ बस्ने घरमा राजश्व विभागको छापा

इकागज |
साउन ११, २०८० बिहीबार १९:२१ बजे

काठमाडौँ- आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ । 

एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले भाडामा लिएको उक्त घरमा विभागले बिहीबार छापा मारेको हो । उक्त घरबाट विभागको टोलले महत्त्वपूर्ण कागजात र केही सामग्री बरामद गरेको जनाएको छ । 


केही बाकससमेत बरामद गरिएको र उक्त बाकसमा सुन छ कि छैन भन्ने खुलाइएको छैन । 

विभागले बुधबार मात्रै सुन ल्याउने रेडी ट्रेडर्स कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो । त्यहाँ ब्रेक शु बरामद भएको थियो ।


Author

थप समाचार
x