समाज

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

इकागज |
साउन १२, २०८० शुक्रबार १४:३९ बजे

काठमाडौँ- अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चार माध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आफ्नो समुदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 


उनीमाथि जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । 

प्राइम टेलिभिजको अन्तर्वार्तामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने सन्तान आपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।


Author

थप समाचार
x