पाकिस्तानमा आत्मघाती बम विष्फोट, ३५ जनाको मृत्यु
इस्लामबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
इस्लामिक राजनीतिक दल जमियत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को सम्मेलनमा यो विस्फोट भएको हो । सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन् ।
भिडियोमा जमियत उलेमा–ए–इस्लाम–फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दावादको नारा लगाएको देख्न सकिन्छ । त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ । आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो ।
पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ ।
उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन । जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन्।
न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया