विद्यार्थीलाई अध्ययनसँगै व्यापार गर्न प्रवर्द्धन गर्दै काठमाडौं विश्वविद्यालय
काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालको इतिहासमै पहिलोपटक स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वत: रोजगारी कार्यक्रम सार्वजनिक गरेको छ । हाल नेपालमा थप रोजगारी सृजना तथा आर्थिक विकासका लागि स्व: रोजगारी र व्यवसाय विकासका लागि काठमाडौं विश्वविद्यालयले विजनेश इन्क्युबेशन सेन्टर मार्फत विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोतसाहन एव सहयोग गर्ने योजना बनाएको छ । यस अन्तर्गत विश्वविद्यालयमा अध्यननरत विद्यार्थीहरुबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना विश्वविद्यालयको छ ।
सोही कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड रूपैयाँ सहयोग प्राप्त भएको छ । काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले उर्जा सँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ भने एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । विश्वविद्यालयबाट नवीनतम सोचलाई व्यापारमा परिणत गर्न यी स्रोत प्रयोग गरी आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ ।
आर्थिक सहयोग मात्र नभई प्राविधिक र व्यवस्थापनसम्बन्धी परामर्श निशुल्क रुपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ । त्यस्तै काठमाडौं विश्वविद्यालयअन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोवेशन सेन्टरको पनि स्थापना भएको छ । सो सेन्टरमा अत्याधुनिक उपकरणहरु पनि रहेका छन् । अनुसन्धान गरी व्यापारीकरणसम्म पुग्न आवश्यक सेवा र सुविधा त्यस सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइने छ ।
यस कार्यक्रमलाई दिर्घकालीन बनाउनका लागि मुनाफा वितरण नगर्ने कम्पनी “नलेज युटिलाइजेशन, इन्क्युबेशन एण्ड इनोभेशन सेन्टरको पनि स्थापना गरेको छ । विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पून नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ । यस कम्पनीले लगानी का साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ । यस कम्पनीले थप लगानीका लागि लगानीकर्तासँग जोड्न पनि सहयोग गर्ने छ ।
काठमाडौं विश्वविद्यालयमा सन् २०१४ मै स्थापना भएको काठमाडौं विश्वविद्यालय विजनेश इन्क्यूबेशन सेन्टरको स्थापना भएको थियो । देशकै शैक्षिक संस्थामा पहिलो येस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० वटा नविन्तम सोचहरुलाई व्यापारका रुपमा परिणत गरेको थियो । काठमाडौं विश्वविद्यालयले आन्तरिक स्रोतबाट संचालन गरेको सो सेन्टर हाल काठमाडौ विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले संचालन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया