समाज

नेदरल्यान्ड्स पठाइदिन्छु भन्दै ६ जनाको ४५ लाख ठगी गर्ने पक्राउ

इकागज |
साउन १५, २०८० सोमबार १८:२८ बजे

काठमाडौँ- नेदरल्यान्ड्स पठाइ दिन्छु भन्दै ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौँको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल वर्मा रहेका छन् । सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ ।


प्रहरीले वर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।


Author

थप समाचार
x