समाज

सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित पीडित कलाकार धर्नामा

इकागज |
साउन १५, २०८० सोमबार १८:५४ बजे

काठमाडौँ- विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरूको धर्नामा अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् ।

सिभिल सहकारीले आफूहरूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरू धर्नामा सहभागी भएका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफूहरू निकै समस्यामा परेको भन्दै उनीहरूले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् ।


भुसालले सहकारीबाट दु:ख पाएको तीन वर्ष भएको भन्दै सहकारी सञ्चालकहरूको सम्पत्ति बिक्री गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन् ।

उनले आफू लगायत परिवारका १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनका तर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन् । उनले हजारौँ सहकारीको बदमासीलाई सरकारले कारबाही गर्नुपर्ने बताइन् ।


Author

थप समाचार
x