Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

जाजरकोटमा जङ्गली च्याउ खाँदा छाेराको मृत्यु, आमाकाे अवस्था गम्भीर

इकागज |
साउन १९, २०८० शुक्रबार १६:३० बजे

जाजरकोट- जङ्गली च्याउ खाँदा यहाँ एक जनाको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो ।

मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।


आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभाबी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् । रासस


Author

थप समाचार
x