सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक क्विन्टल सुन तस्करी एसपी सञ्जय सिंह थापाको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले इकागजलाई जानकारी दिए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो ।
सीआइबीले सोमबारदेखि भने औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया