Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

मकवानपुरकाे बागमती गाउँपालिकाका ६ घर डुबानमा

हेटाैंडा-धरान सडकखण्डमा नदीले कटान गर्दा सवारी साधन एकतर्फी मात्र सुचारु

इकागज |
साउन २३, २०८० मंगलबार १४:४१ बजे

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ मा बागमती नदी बस्तीमा पस्दा ६ घर डुबानमा परेका छन् । सोमबार रातिबाट परेको अविरल वर्षाका कारण बागमती नदीको बहाव बढेपछि पाँच पाण्डप बस्तीमा पस्दा ६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी चौकी झुरझुरेका प्रहरी सहायक निरीक्षक राधा कृष्ण कार्कीसहितकाे टोली र स्थानीयकाे सहयाेगमा अहिले डुबानमा परेका घरका मानिस र मालसामान सुरक्षित स्थानमा सार्न थालिएको छ ।


बागमती नदीले हेटाैंडा-धरान सडकखण्ड अन्तर्गत पाँच पाण्डवमा कटान गर्दा सवारी साधन एकतर्फी मात्र सुचारु रहेको मकवानपुर कार्कीले बताए । उक्त सडकखण्डमा भारी सवारी साधनकाे आवागमनमा जोखिम युक्त रहेको प्रहरीले बताएकाे छ ।


Author

थप समाचार
x