समाज

मकवानपुर पहिरो : घर बगाउँदा हराइरहेका ६ मध्ये एक जनाको घाइते अवस्थामा उद्धार

इकागज |
साउन २३, २०८० मंगलबार २०:७ बजे

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जनामध्ये १ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ वर्षीय पासाङ घिसिङ रहेका छन् ।

सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण साउन २३ गते बिहान ४ बजे पहिरोले घर बगाउँदा हराइरहेका घिसिङलाई अपरान्ह घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती ख‍ोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


घिसिङकाे खुट्टा भाँचिएको तथा प्रहरी आफन्त र स्थानीयकाे सहयाेगमा उद्धार गरी उपचारका लागि हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

मंगलबार विहान गएकाे पहिराेले स्थानीय अक्कलबहादुर स्याङतानकाे घर बगाउँदा स्याङतानसहित छोरी २२ वर्षीय शिला पहरी, शिलाका श्रीमान् २५ वर्षीय जिवन पहरी, शिलाकी ४ वर्षीय छोरा मिलन पहरी, डेढ वर्षीया छोरी दिब्या पहरी तथा पासाङ घिसिङ बेपत्ता भएका थिए ।

पहिरोमा परेकी अक्क्ल बहादुरकी श्रीमती ५५ वर्षीया सन्त माया स्याङ्तानकाे मंगलबार विहानै उद्धार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको थियो । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको थिए ।

याे पनि:

मकवानपुरमा पहिरो : एकै परिवारका ६ बेपत्ता, एकको मृत्यु


Author

थप समाचार
x