समाज

बालुवाटार किन सुन प्रकरणमा अर्को छानबिन समिति बनाउन चाहँदैन ?

इकागज |
साउन २४, २०८० बुधबार ७:५२ बजे

काठमाडौँ- सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को छानबिन कमिटी बनाउन मानिरहेका छैनन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छानबिन समिति नबनाए संसद्‌ चल्न नदिने बताएपनि प्रधानमन्त्री प्रचण्ड छानबिन कमिटी बनाउन मानिरहेका छन् ।

यसै बिषयमा प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले संसदीय छानबिन समिति जरूरी नभएको बताएका छन् । तिमिल्सिनाले संसदीय छानबिन समिति बनाउन नहुने ११ तथ्य रहेको बताएका छन् । उनले राज्यका आधिकारिक निकायको अनुसन्धान प्रभावित पार्न, आफ्नालाई उन्मुक्ति दिन र भ्रष्टाचारका अरू फाइल रोक्न गरिएको संसदीय छानबिन समितिको माग स्वीकार्य हुन नसक्ने बताएका छन् ।


तिमिल्सिनाका अनुसार यसकारण संसदीय छानबिन समिति बनाउन हुँदैन

- संसदीय छानविन समिति बनाउँदा प्रहरीको अनुसन्धान प्रक्रिया प्रभावित हुन्छ।
- संसदीय समिति बनाउँदा अनुसन्धान प्रक्रिया लम्बिन्छ।
- संसदीय समिति बनाउँदा अनुसन्धानले राजनीतिक रंग लिन सक्छ।
- संसदीय समितिसँग अनुसन्धानका लागि आवश्यक विज्ञताको ग्यारेन्टी छैन।
- संसदीय समितिसँग अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति छैन।
- संसदीय समितिसँग उच्च प्रविधि र अनुसन्धान उपकरण छैन।
- संगठित अपराधको अनुसन्धान संसदीय समितिको छानविनको दायराभित्र पर्दैन।
- संसदीय समितिसँग अनुसन्धानको अन्तरदेशीय संयन्त्र र जनशक्ति छैन।
- संसदीय समितिको छानविन अल्पमत/बहुमतको आग्रहमा झल्झिन्छ।
- सिआइबीले वहालवाला उच्चपदस्थ अधिकारी पनि गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ। तसर्थ, सिआइबीको कार्यक्षमतामाथि प्रश्न उठाउनु पूर्वाग्रह हुन्छ।
- संगठित अपराधमा राजनीतिक सहमति खोज्नु देशद्रोह हुन्छ।


Author

थप समाचार
x