सुडानमा छ जना गुप्तचर अधिकारी मारिए
खार्तुम- राजधानी खार्तुमको उत्तरमा अवस्थित ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा छ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ ।
ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच भएको झडपमा छजना उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ । बुधबार पनि उक्त शहरमा हिंसात्मक झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । मङ्गलबार दुवै पक्षले धेरै जना विपक्षीलाई मारेको तथा घाइते बनाएको दाबी गरेका थिए ।
यसैबीच, सुडान डाक्टर सिन्डिकेटले बुधबार एक विज्ञप्ति जारी गर्दै ओमदुरमान र करारी क्षेत्रमा व्यापक बमबारी भएको र धेरैले ज्यान गुमाएका र अन्य केयौँ घाइते भएका जनाएको छ । अल–थवरा क्षेत्रको अलनाव अस्पताललाई शल्यक्रियाकर्मी र आपतकालीन आपूर्तिका सामग्रीका साथै सबै समूहको रगतको आवश्यकता परेको बताएको छ ।
सुडानी स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार गत अप्रिल १५ देखि राजधानी खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीचको सङ्घर्षमा तीन हजारभन्दा बढीको मृत्यु भइसहेको छभने छ हजारभन्दा बढी घाइते भएका छन् । (रासस/ सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया