Ekagaj Logo
२३ कात्तिक २०८१, शुक्रबार
(Friday, 08 November, 2024)

समाज

महानगर-कपन विवाद

खहरे खोला अतिक्रमण गरेर बनेका घरटहरा हटाउनका लागि काठमाडौँ महानगरले पुन: नापजाँच गर्ने

इकागज |
साउन २५, २०८० बिहीबार १७:३७ बजे

काठमाडौँ- कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर टहरा हटाउनका लागि काठमाडौँ महानगरले पुन: नापजाँच गर्ने भएको छ ।

अतिक्रमण गरेर बनेका घर टहरा भत्काउन गएका महानगरको टोली र स्थानीयबीच विवाद भएपछि बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा पुन: नापजाँच गर्न महानगर सहमत भएको हो । विवाद भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच छलफल भएको थियो । छलफलपछि सो क्षेत्रमा पुन: नापजाँच गरेर थप काम अघि बढाउने सहमति भएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।​


कपनमा खहरे खोला अतिक्रमण गर्दा वर्षामा बाढी आउने गरेको र निकै धनजनको समेत क्षति पुगेको भन्दै बिहानै महानगरको टोली डोजरसहित सो क्षेत्रमा पुगेको थियो । महानगरको टोली आएपछि स्थानीयहरूले विरोध गर्दै नाराबाजी गरेका थिए । केही स्थानीयहरूले भने बर्सेनि हुने डुबानलाई रोक्न खहरे खोलालाई निर्वाध रुपमा बग्न दिनुपर्ने बताएका थिए । 


Author

थप समाचार
x