समाज

सुन तस्करी प्रकरण : विमानस्थलबाट दुई चिनियाँ पक्राउ

इकागज |
साउन २६, २०८० शुक्रबार ९:१५ बजे

काठमाडौं । सुन तस्करी प्रकरणमा सर्वाधिक खोजिएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरेको हो।

सीआईबी स्रोतअनुुसार आज बिहान चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ ।



हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ परेका उनीहरु हालै बरामद भएको ‘ब्रेक शु’मार्फत भएको सुन तस्करीमा संलग्नता रहेको खुल्न आएको जनाईएको छ ।
 


Author

थप समाचार
x