समाज

मानव अधिकारवादी संस्थाको निष्कर्ष : यातना र कुटपिटबाट कैदीको मृत्यु

इकागज |
साउन ३२, २०८० बिहीबार १६:२४ बजे

विराटनगर- विभिन्न मानव अधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुई जना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् । 

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् । 


भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोसी प्रदेश संयोजक सोमराज थापाले जानकारी दिए । 

गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो । घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिई अनुसन्धानसमेत सुरु गरिएको छ ।


Author

थप समाचार
x