कांग्रेस सभापति देउवाको दबाबपछि ४ महिनामै ५ एआईजीको सरुवा
काठमाडौँ- पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो ।
ज्ञवाली कार्य विभागमा सरूवा भएका छन् । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ । उपत्यका प्रहरी कार्यालयमा थापालाई ल्याइएको छ । त्यसैगरी कार्य विभागमा कार्यरत मिरा चौधरी प्रशासनमा सरूवा भएकी छन् ।
त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राई मानवस्रोत विभागमा सरुवा भएका छन् । मानवश्रोत विकास विभागमा कार्यरत सन्दीप भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा भएका छन् ।
उनीहरू पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान गर्न लागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यरत प्रहरी प्रमुखलाई सरूवा गर्न दबाब दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया