आरती साहलाई न्याय माग्दै शनिबार पनि प्रदर्शन
काठमाडौँ- घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
९० दिन बितिसक्दा पनि आरती साह मृत्यु प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहे पनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरूले मुखमा कालो पट्टी बाँध्दै मौन धर्ना दिएका हुन् । आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ । आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधी उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया