माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता
फाइल तस्बिर
मलेखु (धादिङ)- झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।
साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए । माछा मार्न प्रयोग भएको झुल प्रहरीले फेला पारेको छ । कँडेलसँग माछा मार्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
शनिबार दिउँसो बेपत्ता भएका कँडेलको नेपाल प्रहरी र स्थानीयहरूले खोजी कार्य गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव ठूलो भएकाले खोजीमा कठिनाई भइरहेको जैसवारले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया