समाज

कालीगण्डकी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह

इकागज |
भदौ ३, २०८० आइतबार २१:११ बजे

फाइल तस्बिर

काठमाडौँ- मुस्ताङको कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाव बढेसँगै वारागुङ मुक्ति क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बहाव अत्यधिक उच्च हुँदा कालीगण्डकी नदीको बहाव बढेको बताइएको छ । नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भीषण बाढी आएको बताइएको छ ।



Author

थप समाचार
x