समाज

भक्तपुरकाे बाल सुधार गृहबाट भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौँबाट पक्राउ

इकागज |
भदौ ४, २०८० सोमबार १७:१० बजे

काठमाडौँ- सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका मध्ये ८७ कैदीबन्दीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेकाे छ । विभिन्न कसुरमा दोषी ठहर भएका र पूर्पक्षमा रहेका कैदीबन्दीहरू सुधार गृहमा रहँदै आएका थिए ।

अनुसार सुधार गृहबा भागेर काठमाडौँ पुगेका ८७ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । 


सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए । २०० भन्दा बढी व्यक्ति सुधार गृहबाट भागेका छन् ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । 

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरूले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यसैक्रममा भित्रका बन्दीहरू सुधार गृहको कम्पाउण्डको मूलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।


Author

थप समाचार
x