समाज

शून्य नतिजा ल्याएका विद्यालयलाई मेयरकाे तलब सुविधाबाट शैक्षिक सामग्री

इकागज |
भदौ ७, २०८० बिहीबार १२:५३ बजे

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो एक वर्षको तलब सुविधा र त्यसमा केही रकम थपेर कक्षा ८ को वार्षिक परीक्षामा ‘शून्य’ नतिजा ल्याउने विद्यालयलाई शैक्षिक साग्रगी वितरण गरेका छन् ।

उपमहानगरपालिकामा आज एक कार्यक्रम गरेर मेयर हमालले आफ्नो एक वर्षको तलब सुविधा र त्यसमा केही रकम थपेर ९ लाख ९२ हजार ६२० रुपैयाँ बराबरका शैक्षिक सामग्री नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुलाई हस्तान्तरण गरेका छन् ।


नगरभित्रका १७ वटै विद्यालयका ३ हजार ४ सय ८९ विद्याथीहरुका लागि मेयर हमालले २० हजार ९ सय ३४ थान कपि, १३ हजार ९ सय ५६ थान पेन्सील, ६ हजार ९ सय ७८ थान कटर र ६ हजार ९ सय ७८ थान ईरेजर हस्तान्तरण गरेका छन् ।

मेयर हमालले उपमहानगरको वडा नम्बर १ शान्तिनगरको सरस्वती आवासीय विद्यालय, वडा नम्बर १३ श्रीलंका स्थित नवज्योती आवाशीय विद्यालय, वडा नम्बर १३ कै राजपुरको जनाता राष्टिय मावि, वडा नम्बर ६ मटियारीको भैरवबाबा आवाशीय विद्यालय, वडा नम्बर ९ बंगराकटानको सरस्वती आवाशीय विद्यालय, वडा नम्बर ७ देवरियाको शिव माविका वडा नम्बर १७ पथरीको भानु माविलाई र वडा नम्बर १७ कै दमौलियाको सज्जन आवासिय विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।

यस्तै, वडा नम्बर १६ भादाको दिपेन्द्र चारपाते मावि, वडा नम्बर १४ फुलबारीको शिवशंकर आवासिय बिद्यालय, वडा नम्बर १४ कै एच गाउँको सिद्धार्थ आवाशीय विद्यालय,  वडा नम्बर १८ एफ गाउँको खप्तडी आवाशीय विद्यालय, वडा नम्बर १८ कै ई गाउँको ईन्द्रोदय आवाशीय विद्यालय,  वडा नम्बर १९ फूलबारीको फूलबारी आवाशीय विद्यालय, वडा नम्बर १२ दुर्गाबस्तीको नवदुर्गा आवासिय बिद्यालय र वडा नम्बर १० जुगेडाको जनकल्याण आवाशीय विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुका लागि मेयर हमालले शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

यसअघि मेयर हमालले कक्षा ८ को वार्षिक परीक्षामा ‘शून्य’ नतिजा भएका नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत लगानीमा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका थिए ।


Author

थप समाचार
x