साइबर ब्यूरोको टोलीद्वारा ललितपुरबाट ५० लाखसहित दुई जना पक्राउ
काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट करिब ५० लाख नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
ब्यूरोको टोलीले ललितपुरको कुपोन्डोल गुसिङगालबाट १८३ सिम, १२ वटा एटिएम कार्ड र एक थान राउटरसहित पर्सा बहुदामाई-८ का राजकुमार पण्डित र रौतहट कटहरिया-१ का उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाटसएप र जामजाम मार्फत सामाजिक सञ्जाल प्रयोगकर्तालाई 'तपाईं लक्की हुनुभएको छ' भनी पीडितले निवेदन दिएको आधारमा उनीहरूलाई पक्राउ गरेको ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।
खड्गीका अनुसार उनीहरूले पीडितलाई लक्की ड्र मार्फत 'आई फन जित्नु भएको छ' भनी म्यासेज पठाउँथे । पीडित महिलालाई विभिन्न बैंकमार्फत रकम जम्मा गर्न लगाउँथे ।
ब्यूरोले उनीहरूलाई भदौ ४ गते नियन्त्रणमा लिएको खड्गीले जानकारी दिए । जिल्ला अदालत काठमाडौँबाट विद्युतीय माध्यम सम्बद्ध ठगीमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया