समाज

टीकापुर घटनाको सम्झनामा थारू समुदायले गरे विद्रोह सभा

इकागज |
भदौ ७, २०८० बिहीबार १७:२५ बजे

काठमाडौँ- कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारिणी सभा, थरूहट थारूवान संयुक्त संघर्ष समिति लगाएतका संघसंथाहरूले काठमाडौँमा विद्रोह सभा गरेका छन् ।

२०७२ भदौ ७ गते थरूहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरूले टीकापुर विद्रोह सभा गरेका हुन् । विद्रोह सभामा सहभागीहरूले टीकापुर घटनाको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, निर्दोष राजबन्दीहरूलाई रिहाई गर्नुपर्ने, देवीराम शर्मा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संवैधानिक व्यवस्था अनुसार थारू कलष्टरसहितको संघीय निजामती सेवा विधेयक पारित गर्नुपर्ने लगाएतका माग राखेका थिए ।


टीकापुर घटनाको सम्झनामा थारूहरूले हरेक वर्ष भद्र ५ गते विद्रोह दिवस मनाउँदै आएका छन् ।


Author

थप समाचार
x