समाज

अरुण नदीको कटानले भोटखोलमा एक घर विस्थापित, १७ घर पहिराेको उच्च जोखिममा

इकागज |
भदौ ८, २०८० शुक्रबार १९:४१ बजे

फाइल तस्बिर

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराेको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । 

लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताए । बाढीले नदी किनार आसपास माटो कटान गर्न थालेपछि तटीय क्षेत्रमा रहेका ती घर बाढीको जोखिममा परेका हुन् । अध्यक्ष भोटेका अनुसार विस्थापित एक घरलाई सुरक्षित स्थानमा सारिएको छ । 


अरुण नदीबाट भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए । रासस


Author

थप समाचार
x