महाकालीले बगाउँदा बाबु–छोरा बेपत्ता
फाइल तस्बिर
दार्चुला- भारतसँगको सीमा नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् ।
नेपालसँगको सीमा जोडिएको भारतको झुलाघाटका ३९ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन । भारतीय क्षेत्रतर्फ महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलिरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताए ।
उर्लदो महाकालीको किनारमा पौडी खेलिरहेका उनीहरूलाई नदीले बगाएको हो । घटना भारततर्फ भएकाले थप जानकारी भने प्राप्त नभएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया