समाज

खोलामा डुबेर बालकको मृत्यु

इकागज |
भदौ ८, २०८० शुक्रबार २०:१५ बजे

फाइल तस्बिर

पोखरा- तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । भानु नगरपालिका–१० मानेचौकास्थित पाउदीखोलामा पौडी खेल्ने क्रममा १० वर्षीय बालक समर्पण परियारको मृत्यु भएको हो ।

लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने उनलाई खोलाले बगाएर ८ सय मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
 



Author

थप समाचार
x