समाज

महाकालीमा पानीको बहाव बढ्दा बनबासा पुलमा सवारी आवागमनमा रोक

इकागज |
भदौ ८, २०८० शुक्रबार २०:४६ बजे

फाइल तस्बिर

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ । बिहीबार साँझदेखि पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रबार साँझ महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बिहानको तुलनामा साँझ बहाव बढेको बताइएको छ ।


सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ।


Author

थप समाचार
x