सूचनाको हकका लागि समुदाय जागरण अभियान कार्यक्रम संचालन
काठमाडौँ- सूचनाको हकका लागि राष्ट्रिय महासंघले काठमाडौँमा शनिबार समुदाय जागरण अभियान कार्यक्रम संचालन गरेको छ ।
सूचनाको हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न-गराउन सूचनाको हकका लागि राष्ट्रिय महासंघ, काठमाडौँ उपत्यका प्रदेश समिति तथा जिल्ला कार्यसमितिले संयुक्त रुपमा समुदाय जागरण अभियान कार्यक्रम संचालन गरेको हो ।
काठमाडौँको न्यूरोडको विभिन्न स्थानमा पुगेर सूचना माग्ने प्रकृयासम्बन्धि पर्चा बाड्नुका साथै सन्देशमूलक सामाग्री बजाएर गरेर जागरण अभियान कार्यक्रम गरिएको थियो ।
महासंघका केन्द्रीय अध्यक्ष उमीद वागचन्दले प्रत्येक शनिबार काठमाडौँको विभिन्न स्थानमा पुगेर समुदाय जागरण अभियान कार्यक्रम गर्ने गरेको बताए ।
हरेक नागरिक सूचना माग्ने अभियानमा जोडिउन भन्ने उदेश्यले महासंघले विगत सात हप्तादेखि सो कार्यक्रम संचालन गर्दै आएको छ ।
नेपालको संविधानमा मौलिक हकअन्तर्गत सूचनाको हकलाई समावेश गरिएपनि यसको प्रभावकारी ढंगले जनताले अनुभूति गर्न नपाएको भन्दै महासंघले कार्यक्रम संचालन गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया