निषेधाज्ञापछि सुनसान छ धरान उपमहानगरपालिका क्षेत्र
काठमाडौँ- स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समयमा भेला, जुलुस, र्याली निकाल्न रोक लगाएको थियो ।
निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन् । धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विभिन्न समूह तथा संस्थाले शनिबार र्याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया