समाज

नारायणगढ–मुग्लिन सडक दुईतर्फी पुनःसञ्चालन

इकागज |
भदौ ९, २०८० शनिबार २१:२० बजे

मुग्लिन- पहिराेका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार साँझ ५ः४० बजेदेखि सडकमा दुईतर्फी रूपमा सवारी साधन चलन थालेका हुन् । 

चितवनको इच्छाकामना–६ स्थित नाम्सी पुल नजिकै अविरल वर्षासँगै पहिरो खसेपछि सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि दुईतर्फी नै  सवारी आवागमन रोकी पहिरो पन्छाउने काम सुरु गरिएको थियो । सडकको पहिरो हटाउन तीन वटा मेसिन प्रयोग गरिएको थियो ।



Author

थप समाचार
x