समाज

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जारी रहन्छ : एसएसपी खत्री

इकागज |
भदौ १०, २०८० आइतबार १७:५ बजे

काठमाडौँ- प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी भूपेन्द्र खत्रीले जनताले आफूबाट गरेको अपेक्षालाई इमान्दारिताका साथ निर्वाह गर्ने बताएका छन् । 

आइतबार पत्रकारसँगको भेटघाटमा उनले कोही अधिकृत तथा व्यक्ति फेरिँदैमा नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने आश्वासन दिए । 


'यो वा त्यो नाममा कोही दोषी उम्किँदैनन् । कानुनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको दायरामा ल्याउँछौँ । कसैले शंका नगर्नुहोला । मबाट धेरैले गर्नुभएको अपेक्षालाई कामले देखाउँछु ।'

खत्रीले शुक्रबार टेकुस्थित काठमाडौँ प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् । 

केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौँ प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । 

नेपाली कांग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन् ।


Author

थप समाचार
x