सुनका गहनासहित नगद रकम चोरी गर्ने चारजना पक्राउ
मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगद चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधापस्थित सुशीला साउदको घरबाट नगद तीस हजार, डेढ तोलाको १ थान सुनको सिक्री, १ तोलाको १ थान सुनको बाला, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्रा २ आनाको १ जोडी र घडी १ थान समेत गरी जम्मा मूल्य पाँच लाख बत्तीस हजार बराबरको सुनको गरगहना, घडी समेत चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त आरोपमा वर्ष २८ का भिमलाल लामा, २८ वर्षीय प्रदिप तामाङ, २९ वर्षीय आकाश तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ निवासी हुन् ।
चोरी भएको सुनका गहनाहरू खरिद गर्ने सोही स्थानीय तहको वडा नं. ६ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रितु सुन पसल संचालन गरी बस्ने ३१ वर्षीय राजेन्द्र रसाईलीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया