दार्चुलाको मालिकार्जुनमा चक्कु प्रहारबाट एक महिलाको हत्या
दार्चुला- दार्चुलामा एकल वृद्ध महिलाको चक्कु प्रहार गरी हत्या भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपाली टोलकी ८० वर्षीया भागरथी चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएकाे हाे।
स्थानीयका अनुसार महिलाको घाँटी र छातीमा आठ/दश पटक चक्कु प्रहार भएको देखिएको छ । उनको हत्या गरी घरभन्दा एक सय मिटर पर फालिएको अवस्थामा शव फेला परेको छ ।
शनिबारदेखि महिला फेला नपरेको भन्दै आफन्तले प्रहरी चौकीमा आइतबार निवेदन समेत दिएका थिए । मृतकका छोरा चक्रबहादुर चन्द आइतबार महेन्द्रनगरबाट घर पुगेपछि बृद्ध जनप्रतिनिधि, प्रहरीले ताला तोडेर घर भित्र पसेका थिए । तर घरमा महिला थिएनन् स्रोतले भन्यो, घरभित्र पनि नभेटेपछि खोजीगर्दै गर्दा सोमबार बिहान ६ः३० बजे उनको शव मृत अवस्थामा भेटिएको हो ।
मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल जाँच मुचुल्का बनाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । शव ल्याउन बाँकी छ उनले भने, किटानी जाहेरी आएको छैन। जाहेरी कस्तो किसिमले आउँछ सोही अनुसार अघि बढ्छौ । अहिलेसम्मको घटनास्थल हेर्दा हत्या भएको देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया