नेपालमा भारतीय मालवाहक गाडी रोक लगाउन माग
फाइल फोटो
काठमाडौँ - नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरुले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन् । उनीहरूले निर्वाध रुपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए ।
उनले ट्रक यातायातमा ४७ वटा मुख्य मुख्य रुटहरुको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए । भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन आग्रह गरे । उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चतता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए ।
महासंघले राहतजन्य कार्यहरुको व्यवस्थापन, राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो सम्बन्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरूमा संशोधन गर्न माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया