समाज

प्रमाणले बोल्ने मानिसलाई कानुनले पक्रन बाटो खोलिदिकाले कारबाही गर्छौं : एसएसपी राठौर

इकागज |
भदौ १२, २०८० मंगलबार १६:२८ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले कानुन बमोजिम काम गर्ने बताएका छन् । कार्यालय प्रमुख भएर आएपछि मंगलबार पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले कानुनले दिएको परिधिभित्र रही आफ्नो काम कर्तव्य पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका हुन् ।

‘हामीले कानुनभित्र रहेर काम गर्नुपर्ने हुन्छ,’ नक्कली भुटानी शरणार्थीको केसलाई कसरी हेर्नुहुन्छ भन्ने पत्रकारको प्रश्‍नमा उनले भने,’ कानुनले अनुसन्धान गर भन्ने सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँछौ । मैले काम गर्न नसकेमा मेरो ठाउँमा अर्को आएर काम गर्छन् ।‘


प्रमाणले बोल्ने मानिसलाई कानुनले पक्रनका लागि बाटो खोलिदिएको उनले बताए । अदालतले पनि उसलाई नियन्त्रणमा लिन सहयोग गर्न सक्ने उनको भनाइ छ ।

राठौरले गम्भीर किसिमका अपराधहरू आफ्नो कार्याकाल सकेर प्रतिबद्धता जाहेर गरे । ‘मेरो कार्यकाल वा म हुनुभन्दा अघि घटेका घटनाहरू मेरै कार्यकाल भरी सक्ने योजना रहेको छ,’ उनी भन्छन् । कर्तव्य ज्यानका केसहरू अझै रहेकाले त्यसलाई गम्भीरताका साथ हेर्ने उनले प्रस्ट पारे ।

उनले सुरुदेखि आफू यहीँ कार्यालयमा रहेको स्मरण गराए । जेठमा मात्र यस कार्यालयबाट सरुवा भएर गएको उनले सुनाए । यहाँ कस्ता-कस्ता प्रकृतिका घटनाहरू हेरिन्छ त्यस विषयमा आफूले पूर्ण रुपमा जानकारी राखेको उनको भनाइ छ ।

पुराना घटना र भैपरी घटनालाई छिटो भन्दा छिटो टुंगोमा पुर्‍याइने राठौरको भनाइ छ । उनका अनुसार यस कार्यालयले मुलुकी आचार संहिता २०७४ को १, २ र ३ कसुरमा कारबाही गर्ने अधिकार पाएको छ ।

कर्तव्य ज्यान सम्बन्धि, ठगी, चोरी र डाँका तथा साइबर अपराधको घटना पनि हेर्ने गरेको छ । साइबर अपराधका घटनाहरूको बढी उजुरी परिरहेको राठौरले जानकारी दिए । क्रिप्टो करेन्सीको समेत उजुरी पर्न थालेको उनले बताए ।

अपराध अनुसन्धानको कार्यालयले वैदेशिक रोजगारको र ठगी मुद्दा हेर्ने गरेको उनले बताए । वैदेशिक रोजगारको मुद्दा विभागले सुनुवाई प्रक्रिया सकिएपछि मात्र पठाउने गरेको उनले जानकारी दिए । जाहेरी परिसक्दा पीडक विदेश भागिसकेको हुन सक्ने भएकाले नियन्त्रणमा लिन समस्या पर्ने राठौरको भनाइ छ ।

‘विदेशमा पुगेको मानिसलाई पक्डन समस्या छ,’ उनले अगाडि थपे,’ इन्टरपोल मार्फत पक्राउ गर्नुपर्ने कुनै समय ढिला हुने गरेको छ ।  नेपालमा रहेकालाई चाँडै पक्राउ गर्न सकिन्छ ।‘

 

 


Author

थप समाचार
x