समाज

प्रदेश सभाका पूर्व सदस्य मियाँको निधन

इकागज |
भदौ १२, २०८० मंगलबार १८:११ बजे

विराटनगर- कोशी प्रदेशको पहिलो सभाका सदस्य मोहम्मत ताहिर मियाँको निधन भएको छ । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा घर भएका पूर्व प्रदेश सभा सदस्य मियाँको मंगलबार विहान आफ्नै घरमा निधन भएको हो ।

मियाँ तत्कालीन प्रदेश १ को प्रदेश सभामा नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित भएका थिए ।


कोशी प्रदेश सभा सचिवालयले पूर्व प्रदेश सभा सदस्य मियाँको निधन भएको भन्दै शोक व्यक्त गरेको छ ।


Author

थप समाचार
x