माछा मार्ने क्रममा डुबेर झापामा एकको मृत्यु
फाइल तस्बिर
झापा- बिर्तामोडमा माछा मार्ने क्रममा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका-१० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।
मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो।
हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया