फेकेन फुटेर बन्यो एप्क्यान, तदर्थ समिति घोषणा
काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) घोषणा भएको छ।
मंगलबार एक कार्यक्रमको आयोजना गर्दै स्वतन्त्र शैक्षिक परामर्शदाता संघ (फेकेन) बाट फुटेर प्रज्वल बस्नेतको संयोजकत्वमा एप्क्यान घोषणा गरिएको हो । बस्नेत यसअघि फेकेनको वरिष्ठ उपाध्यक्ष थिए ।
‘यसअघि हामी कुनै संस्थामा आबद्ध थियौँ । त्यस संस्थामा रहँदा हाम्रो माग विधि र प्रक्रिया र अनुशासन मान्नु पर्छ भन्ने थियो' बस्नेतले भने 'तर हामीलाई नैतिकवान् बन्ने छुट छैन भनेर भनियो । जसले गर्दा हामीले यो संस्था घोषणा गर्न बाध्य भयौँ ।’
बस्नेतको संयोजकत्वमा एप्क्यानको ११ सदस्यीय तदर्थ समिति घोषणा गरिएको छ। तदर्थ समितिको सदस्यमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दिपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री, मदन उप्रेती, रेश्मीराज भट्टराई र नरेश सेडाईं रहेका छन् ।
संघभित्र एकजुट भएर व्यवसायिक हकहितमा अघि बढ्ने र यसले संस्थागत विश्वास पनि बढ्दै जाने एप्क्यान सदस्य सन्तोष सापकोटाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया