समाज

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एककाे मृत्यु

इकागज |
भदौ १३, २०८० बुधबार ११:५० बजे

कैलाली । कञ्चनपुरमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका–१ को हुलाकी राजमार्गमा सुपप्र ०२००३ प ७२११ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक सोही ठाउँका ३६ वर्षीय सुनिल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार सार्कीले चलाएको मोटरसाइकल सडकमा रहेको खाल्डोमा परेर अनियन्त्रित भएर दुर्घटनामा परेको हो। 


गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, कञ्चनपुरमै मोटरबाट नुहाउने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीका बुबाको करेन्ट लागेर मृत्यु भएको हो ।

नगर प्रमुख चौधरीका बुबा ७२ वर्षीय जनकलाल चौधरीको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट उनलाई करेन्ट लागेको थियो। बेहोस भएका चौधरीको धनगढीस्थित एक निजी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x