पूर्व सभामुख पुत्र राहुल महरा प्रहरी नियन्त्रणमा
काठमाडौं– सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्व सभामुख कृष्णबहादुर महराको छोरा राहुल आफैँ सिआइबी गएका छन् । उनले सुन तस्करीमा आफूमाथि अनुसन्धान गर्न सिआइबी गएका हुन् ।
उनी गएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन तस्करीको आफ्नो नाम जोडिए पनि प्रहरीले छानबिन तथा अनुसन्धानमा उनलाई नबोलाएपछि राहुल आफैँ सिआइबी गएका थिए ।
उनले सामाजिक सञ्जालमा ठूला भनिएका मिडियाले गोयवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिश गरेको भन्दै स्टाटस लेखेका छन् । उनले लेखेका छन् ‘स्वयम् सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया