तीजलाई तडकभडक गरेर नमनाउन चितवन प्रशासनको आग्रह
फाइल फोटो
चितवन - चितवन प्रशासनले हिन्दू नारीहरूको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो ।
प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्वस्विकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।
‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था सञ्चारकर्मीहरू, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ,’ सूचनामा भनिएको छ। यदि कसैले कानुनको बर्खिलाप हुने कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया