बझाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर
फाइल तस्बिर
बझाङ- बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षीया सञ्जिला कठाएतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरीसहित तीन जना गम्भीर बिरामी भएका थिए ।
गम्भीर बिरामि भएकी सञ्जिलालाई बुधबार राति नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । १२ वर्षीय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा पुनी कठाएतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया