सुनसरीमा आफ्नै कोठामा लगेर महिलाको हत्या
सुनसरी- आफ्नै कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेका छन् ।
इटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
लेनदेनको विषयलाई लिएर विवाद भएपछि परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरीले परियारलाई पक्राउ गरेर अनुसन्धान हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया