समाज

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

इकागज |
भदौ १५, २०८० शुक्रबार १९:३१ बजे

बझाङ- बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन् ।

जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।


जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बझाङले जानकारी दिएको छ ।

सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा सुदीपको बिहीबार राति बाटोमै मृत्यु भएको हो । बिरामी परेकी आमा पुनी कठायतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
 


Author

थप समाचार
x