समाज

पारस शाह ह्याम्स अस्पताल भर्ना

इकागज |
भदौ १५, २०८० शुक्रबार १९:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शुक्रबार साँझ मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमुद ढुंगेलले इकागजलाई जानकारी दिए ।

पारसलाई के कारणले अस्पताल भर्ना गरिएकाे भन्नेबारे हाल केही जानकारी नभएकाे प्रवक्ता ढुंगेलले बताए । उनले भने, '१० मिनेट अगाडि खबर आएको थियो । अस्पतालको इमर्जेन्सीमा राखिएको छ । के भएर लगेको यस विषयमा केही जानकारी आएको छैन ।'


पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहलगायत अस्पताल पुगेका छन् ।


Author

थप समाचार
x